logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्ला पुगे एमाले अध्यक्ष ओली, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने


अंकुरण खबर
1.495K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार हुम्ला पुगेका छन् ।

आगामी वैशाख ३० गते हुने चुनावका लागि देश दौडाहामा रहेका उनी एमाले हुम्लाले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्।

हुम्लाका विभिन्न क्षेत्रको अवलोकन गर्न अध्यक्ष ओली आइतबार बिहान हुम्ला पुगेका हुन् । ओलीलाई सिमकोट विमानस्थलमा हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार, एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल लगायतले स्वागत गरे ।

अध्यक्ष ओलीले सदरमुकाम सिमकोटमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्दैछन् । अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने पार्टीको बृहत् सभालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले हुम्लाले जनाएको छ ।

उनले नाम्खा गाउँपालिकाको लिमी भ्याली क्षेत्र र लिमीस्थित लोलुङजोङको हवाई क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।