logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्जिन फेल भएपछि समिट एयरको जहाज आकस्मिक अवतरण


अंकुरण खबर
572
Shares

काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको दुर्घटनाबाट जोगिएको छ ।

उड्दाउड्दै उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो ।

१५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपत्कालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।