साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै ३० अंकको गिरावट आएको छ ।
आज दिन नेप्से परिसूचक २९.६० अंकले घट्दै २ हजार ३८५.६४ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक ५.१२ अंकले घट्दै ४५०.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
आज २४ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर देखिएको छ ।
नेप्सेका अनुसार, आइतबार कुल २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।
यस्तै, कारोबार रकमका आधारमा आइतवार नेपाल टेलिकमको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरमा किनबेच भएको छ ।