logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

निलम्बित गभर्नर अधिकारीको रिटमाथि अध्ययन गर्छौं : सर्वोच्च


अंकुरण खबर
637
Shares

आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ ।

आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’

गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित भएका थिए ।