अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनामा ट्वीस्ट आएको छ ।
पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि ट्वीस्ट आएको हो ।
जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार नाबालिग गायिकाको अहिले पनि अदालमा बकपत्र चलिरहेको छ ।