logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सचिवालयको बैठक बस्दै, त्यसअघि केन्द्रीय कार्यालयको बैठक


अंकुरण खबर
559
Shares

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धता पत्रलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बेलुकी छ बजे बस्दै बस्ने उनको भनाइ छ ।

त्यसअघि विहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी अफिस थापाथलीमा बस्ने तय भएको छ ।