सत्ता गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
सोमबार बिहान १० बजेबाट सुरु गठबन्धनको बैठकबाट उनी पत्रकार सम्मेलनका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए । बिहानबाट सुरु बैठक केहीबेर स्थगित भएको थियो ।
महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसिरहेको छ । बिहानको बैठकमा सवै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक रएक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए । सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन् ।