एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
आज (सोमबार) सोलुखुम्बुमा आयोजित चुनावीसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने सत्तारुढ गठबन्धनले चुनाव सार्न बालुवाटारमा बैठक राखेको दाबी गरे ।
उनले चुनाव सार्ने प्रयास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिले नै आग्रह गरिसकेको उनले बताए। ‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । तर चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्नेछैन । चुनाव हामी गराएर छाड्छौं,’ उनले भने।
उनले गठबन्धन एमालेसँग डराएर चुनावबाट भाग्न खोजेको आरोपसमेत लगाए । सबै दल मिलेर आए पनि एमाले एक्लै भिड्न तयार रहेको ओलीको भनाइ थियो ।