logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेन संकटः राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने


अंकुरण खबर
1.235K
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरुसँग छलफल गर्ने भएका छन् ।

राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरुसँग् छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रुसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ ।

पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । एजेन्सी