logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

निर्वाचनको ७२ घन्टाअघिदेखि सीमा बन्द गर्ने निर्णय


अंकुरण खबर
1.586K
Shares

स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घन्टा (तीन दिन) अगाडिबाट सीमा-नाका बन्द गर्ने निर्णय गरेको हो।

खुला सीमा-नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले तीन दिनअगाडिदेखि सीमा-नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए।