logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : एमाले अध्यक्ष ओली


अंकुरण खबर
962
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।

ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताए ।

‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्याता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो ।’  उनले भने ।

उनले अझै थपे, ‘विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो । औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’