logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीमा गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु


अंकुरण खबर
468
Shares

सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी–८ का ४३ बर्षीय धुव्र कुमार चौधरी रहेका छन् ।

को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए ।

शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।