शुक्रबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी काठमाडाैंका विद्यार्थी रहेका छन। एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थीले परीक्षा दिने भएका हुन।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार याे वर्षकाे एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्।