logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङमा जिप दुर्घटना, तीन जना घाइते


अंकुरण खबर
494
Shares

मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।

मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।