logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा एकदिने हाट बजार सञ्चालन


अंकुरण खबर
975
Shares

भक्तपुर, १० वैशाख

भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतीमा भक्तपुरमा शनिबार एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धनको लागि जुजु इभेण्टसले हाट बजार सञ्चालन गरेको हो ।

भक्तपुर दरबार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा हाट बजार सञ्चालन भएको हो । हाट बजारमा २५ वटा स्टल रहेका थिए । खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लत्ताकपडालगायतका स्टल रहेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक समारोहबीच हाट बजारको उद्घाटन गरेका हुन् ।