logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखामा गठबन्धन : केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक


अंकुरण खबर
650
Shares

केन्द्रले टुंग्याएर पठाएको भागवण्डालाई स्वीकार गर्ने या नगर्ने भन्‍ने विषयमा छलफल गर्न गोरखामा नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।

आसन्‍न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको जिल्लास्तरीय संयन्त्रले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले शनिबार हिजो साँझ बैठक बसेर निर्देशनात्मक भागवण्डा गरेर पठाएका थिए ।

शनिबार आठौं पटक बसेको जिल्लास्तरीय संयन्त्रको बैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रमा प्रधानमन्‍त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गाेरखामा भागवण्डा मिलाएका गिए ।

केन्द्रीय नेताले गाेरखामा कांग्रेसलाई एक नगरपालिकासहित पाँच, माओवादीलाई चार र जसपालाई एक नगरपालिकासहित दुई पालिका प्रमुखमा उम्मेदवारकाे भागवण्डाकाे निर्णय गरेका थिए ।

तर, केन्द्रले निर्णय गरेर पठाएको भागवण्डालाई स्वीकार गरेर जाने या नजाने भन्‍ने विषयमा छलफल गर्न गोरखामा संयन्त्रका प्रमुख दल नेपाली कांग्रेसले बिहान आकस्मिक बैठक बोलाएको छ ।

‘केन्द्रको निर्णय मान्ने या नमान्ने भन्‍ने विषयमा छलफल गरेर निर्णय गर्न बैठक बस्न लागेको हो । जिल्लामा अहिलेसम्म अधिकांश नेताको चाहना केन्द्रको हस्तक्षप स्वीकार नगर्ने भन्‍ने नै छ । केन्द्रीय निर्देशनविपरीत जाने निर्णय हुनसक्ने सम्भावना उच्च छ’, कांग्रेसका एक नेताले भने ।