logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

देशभर १३ कोरोना संक्रमित थपिए


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमित संख्या २ सय ६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।