logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता


अंकुरण खबर
1.781K
Shares

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिला दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ ।  चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जयकृष्ण धरलाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, ‘उपमेयरको पदका लागि हस्तना न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ ।’

यस्तै नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा यज्ञबहादुर बुढ्थापा, वडा नम्बर ३ को वडाध्यक्षमा विर्खबहादुर सार्की, ८ नम्बर वडाध्यक्षमा अनुमति रावल, ९ नम्बर वडाध्यक्षमा भक्तबहादुर रावल र १० नम्बर वडाध्यक्षमा राज्यलक्ष्मी न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ । मेयर उपमेयर गरि २ जना, वडाध्यक्ष ५ जना, दलित महिला सदस्य २ जना, महिला सदस्य ५ जना र खुल्ला सदस्य ९ जना गरी २३ मनोनयन पत्र दर्ता गरेका हुन् ।

जुम्लाका जिल्ला निर्वाचन कार्यालयमा १४ वटा राजनीतिक दलहरु छन् । मनोनयन दर्ताको पहिलो दिन नेपाल मजदुर किसान पार्टी बाहेक अरु कुनै पनि दलले मनोनयन पत्र दर्ता नगरेको मुख्य निर्वाचित अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मनोननय दर्ताका लागि भोलिको समय पनि बाँकी रहेको छ ।