एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ।
महासचिवले राजधानी अङ्कारामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने टर्कीको विदेश मन्त्रालयले आइतबार उल्लेख छ।
गुटेर्रेसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग क्रमशः अप्रिल २६ र २८ मा भेटवार्ता गर्नुहुने संयुक्त राष्ट्र संघका प्रवक्ताले जानकारी गराएका छन।
गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भने, “गुटेरेस अप्रिल २६ मा मस्को जानुहुनेछ र रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग र यसको दुई दिनपछि युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबासँग भेटवार्ता गर्नुहुनेछ।