logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूर्यविनायकबाट २५ लाखभन्दा बढीको सुनचाँदीका गहना चोरी


अंकुरण खबर
559
Shares

सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ ।

उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ती गहना चोरी भएको हो ।

गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।