logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवल उपमहानगरको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता


अंकुरण खबर
2.041K
Shares

बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस बुटवल नगर सभापति समेत रहेका उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

गठबन्धनभित्रकै एउटा दल जनता समाजवादी पार्टीले भने आइतबार नै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । बुटवलमा नेकपा एसको भागमा उपमेयर परेको थियो ।