logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’बाट


अंकुरण खबर
1.339K
Shares

नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएको छ ।

पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन् ।

होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेको बताए ।

‘हामीसँग दुई हजारभन्दा बढी होटल सम्पर्कमा आएका छन्, नेपालका मुख्य मुख्य शहर र पर्यटकीय केन्द्रहरूमा हामी पुगिसकेका छौँ । विश्वका जुनसुकै ठाँउबाट ती होटल अनलाइन बुक गर्न मिल्ने गरी सिस्टमको विकास गरेका छौँ’ अधिकारीले भने ।