logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

भरतपुरको मेयरमा प्रचण्डकी छोरी रेणु दाहालको उम्मेदवारी दर्ता


अंकुरण खबर
1.014K
Shares

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् ।

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने ‘लब्ली’ रहेका छन् ।

भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।