logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा दुई सय केजी गाँजासहित दुई जना भारतीय पक्राउ


अंकुरण खबर
390
Shares

बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।