कैलालीको गौरीगंगा नगरपालिका–४ मसुरखेतस्थित राजीपुर कोइलीताल सडकमा शव फेला परेको छ ।
बुधबार उक्त सडक खण्डमा ७० वर्षीय गज्जु डगौरा थारूको शव भेटिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी नवराज पोखरेलले जानकारी दिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।