logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस, लगातार ४ दिन बिदा हुने


अंकुरण खबर
1.521K
Shares

निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

आयोगले गरेको सिफारिसबारे मन्त्रिपरिषद्ले निर्णय गरे अब लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।

बैशाख ३१ गते शनिबार परेको छ भने जेठ १ बाट सरकारले गते आइतबार पनि बिदा दिने निर्णय गरिसकेको छ ।

यस्तै, जेठ २ गते सोमबार बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने छ । यसरी हेर्दा लगातार ४ दिन सार्वजनिक बिदा पर्ने छ ।