logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते


अंकुरण खबर
1.04K
Shares

रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते  भएकी छन्। घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।