स्थानीय तहको निर्वाचनका लािग उम्मेदवारी दर्ता गरेका उम्मेदवारको शुक्रबार अन्तिम नामावली प्रकाशन गरिएको छ। उनीहरुलाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको थियो। त्यसपछि वैशाख १३ गते उम्मेदवारमाथि उजुरी आह्वान गरेको थियो।
वैशाख १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरेको छ। वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय दिएको थियो। त्यसमा शुक्रबार करीब चार हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
अब आज चुनाव चिह्न प्राप्त गरेसँगै चुनावी प्रचार जोडतोडका साथ चल्नेछ। वैशाख ३० गते मतदान हुनेछ।