सिन्धुपाल्चोकमा एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ ।
मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको स्थानीयले बताएका छन् । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन् ।
पैसा दिएरै भोट मागिरहेको थाहा पाएपछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।