मानिसहरु स्वस्थ्य रहनको लागि लाखौ खर्च गर्न तयार हुन्छन् । तर हाम्रै केही स-साना प्रयासले पनि हामी स्वस्थ्य रहन सक्छौँ।
स्वस्थ खानपान :
आफूलाई स्वस्थ राख्नको लागि हामीले खाने खाना सन्तुलित हुन आवश्यक छ । स्वस्थ खानपानले नै हामीलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । स्वस्थ खानपिको अर्थ हो पोषणले भरिपूर्ण सन्तुलित खानपिन । हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना खानुपर्छ ।
प्रशस्त मात्रामा पानी पिउने :
हाम्रो शरीरमा सधैं पानीको मात्रा सन्तुलित भइरहनुपर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्न अत्यधिक मात्रामा पानी पिउनुपर्छ । त्यसका लागि हामीले हरेक दिन कम्तिमा चार लिटर पानी पिउनैपर्छ ।
गहिरो निद्रा :
व्यस्तताले भरिएको जीवनमा हामी राति सुत्न समेत कम गरेका छौं । यद्यपि, स्वस्थ जीवनका लागि पूर्ण अथवा गहिरो निन्द्रा अति नै अनिवार्य छ । मस्त निदाउनाले हामी आफैं स्वस्थ बन्न सक्छौं । त्यसैले हामीले हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नैपर्छ । र बालबालिकाहरु त हरेक दिन दश घण्टा सुत्नैपर्छ ।
सकारात्मक सोच :
कुनै पनि मानिस एक्लो भएमा मनमा अनेक कुरा खेल्न थाल्छ । साथी तथा आफन्तको सम्पर्कमा रहने गर्नु पर्दछ । राम्रा र रमाइला घटनाको बारेमा सोच्नु र सम्झनु पर्दछ । यसो गर्दा पीडामा राहत मिल्छ ।
तौलमा नियन्त्रण :
तौललाई सकेसम्म नियन्त्रण गर्नु नै फाइदाजनक हुन्छ । तपाईंको उचाई अनुसार तौल निर्धारण गर्ने वैज्ञानिक तरिका पनि छ । त्यसैले आफ्नो उचाई अनुसार तपाईंंको तौल बढी छ भने त्यसलाई घटाउनु नै बुद्धिमानी हुन्छ । शरीरमा बोसोको मात्रा बढी भएपछि हाम्रो तौल बढ्छ । हामी मोटाघाटा देखिन्छौं । बोसो बढी हुनु भनेको मुटु रोग तथा मधुमेह जस्ता रोगलाई निम्त्याउनु हो ।
व्यायाम गर्नु :
व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनु पर्छ । धेरै आराम गरे तुन्तुहरुमा सिथिलता ल्याउँछ । व्यायामले पम्पको काम गरेर शरीरमा रक्त संचारलाई बढाउँछ । चिन्ता नलिने चिन्ता भएको बेला गीत सुन्ने, टिभी हेर्ने त्यस्तै कुनै खेल खेलर चिन्तालाई भुल्ने प्रयास गर्न सकिन्छ ।
लामो सास लिने :
लामो र गहिरो सास नाकबाट लिएर मुखबाट फाल्ने गर्दा स्वस्थ्य राम्रो हुन्छ । तनाव तथा थकानले पीडा बढाँछ लामो सास लिदा पीडा कम हुँदै जान्छ ।