logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना बढ्न थाल्यो, नेपालमा सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
1.131K
Shares

सरकारले भारतमा कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने , ‘पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ’, उनले भने, ‘हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।’

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशनसमेत दिइसकेको बताए ।