logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
962
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १८ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ७४ जना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा २ सय ११ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।