काठमाडौं उपत्यका लगायतका स्थानमा अहिले बर्षा भइरहेको छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले उपत्यका लगायतका धेरै स्थानमा बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै किसिमको वर्षा अझै तीन दिनसम्म हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
यस्तो छ आगामी ३ दिनको मौसम :
