logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी


अंकुरण खबर
637
Shares

स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसार अभियानमा लागेका छन् ।

मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका हुन् ।

निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रमस्थलसम्म पुगेका थिए ।