logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण


अंकुरण खबर
1.521K
Shares

सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि  आक्रमण भएको छ।
पश्चिबाबाट पूर्व आईरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानाए ।

उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा. २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ। स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएकाे छ।

Avatar

Avatar

Avatar