त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बुधबार बिहान अज्ञात व्यक्तिबाट विमानस्थलमा शंकास्पद बस्तु रहेको भनि फोन आएपछि विमानस्थल परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सर्च अपरेशन चलाएको हो ।
अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द गरिएको विमानस्थल प्रहरीले जनाएको छ।
अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको प्रहरीले बताएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।