logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागार्जुनवासीको प्रतिवद्धता,‘परिर्वतन र दिगो विकासको लागि एमालेमा मतदान गछौ’(फोटो सहित)


अंकुरण खबर
728
Shares

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

निर्वाचनको दिन नजिकिदै गर्दा राजनीतिक दलले चुनाव केन्द्रित प्रचारप्रसार र तयारी तीव्र बनाएका हुन। यसैबीच नागार्जुन नगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर र वडा अध्यक्ष, सदस्यका उम्मेदवारले पनि घरदैलो अभियान सक्रियताका साथ अगाडी बढाएका छन् ।

घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार नन्दनहरि गौतमले मतदाताले परिर्वतन र दिगो विकासको लागि एमालेलाई मत दिने बताएका छन् ।
एमालेको भिजन,काम र जनताको उत्साहका कारण आफुहरुको पुरै टीमले चुनाब जित्नेमा विश्वस्त रहेको गौतमको भनाई छ । त्यस्तै नागार्जुनको समर्ग विकासको लागि एमालेको जीत आवश्यक रहेको र जनताले विश्वास दिलाएको उपमेयरकी उम्मेदवार सुशीला अधिकारीले बताइन् । उनले घरदैलोको क्रममा नगरबासीले आफ्नो पाटी र आफुहरु प्रति धेरै विस्वास गरेको र आफुहरुले पनि सदैब नगरबासीको हक हीतको लागि काम गर्ने प्रतिवद्धता दोहोराएकी छिन् ।

घरदैलो कार्यक्रममा बुढेसकालको साहारा र विकासको संवाहक एमाले पार्टी भएको भन्दै उम्मेदवारहरुलाई जनताले फूलमाला लगाएर सगुन खुवाएर स्वागत गर्दै विजयको शुभकामना दिने गरेका छन् ।