कोभिड महामारी नियन्त्रणतिर जानु, करिब ९० प्रतिशत नेपालीले कोरोनाविरुद्धको खोप लगाइसक्नु जस्ता कारणले गर्दा पर्यटनमा सुधार भएको छ।
सन् २०२२ को पहिलो चौमासिकमा पर्यटक आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा १६० प्रतिशतले बढेको छ।
हालकै अवस्थामा पर्यटक आए २०२३ सम्ममा पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्कने देखिन्छ।
पर्यटक संख्या बढेसँगै होटल पनि भरिभराउ हुन थालेको छन्।अहिले आन्तरिक र बाह्य पर्यटक ५०/५० प्रतिशतको अनुपातमा रहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए।