नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट महासचिव रहेका विप्लव स्वयंलाई विद्रोही नेताहरूले पार्टी र जिम्मेवारीबाट निष्कासित गरिदिएका छन् ।
यसैगरी खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पार्टीको प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।
चितवनको पर्सामा बुधबारदेखि सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई कारवाही गरेको हो ।
सो भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ र ती निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिने/नलिने विषयमा विवाद सुरु भएपछि पार्टिभित्र आन्तरिक कलह सुरु भएको थियो ।