logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित पक्राउ परेका मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


अंकुरण खबर
507
Shares

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।

विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा तिवारीले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।