logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु


अंकुरण खबर
832
Shares

काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको जिप र भारतीय पर्यटक बोकेको यूपी ५८टी ८१८१ नम्बरको मिनी बस एक-आपसमा ठोक्किदा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृतकहरु सबै नेपालकै भएको तर पहिचान खुलिनसकेको बताइएको छ ।

दुर्घटनामा अन्य घाइतेहरूको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।