logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.742K
Shares

बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किँएका थिए ।

दुबै सवारी साधन सहित दुबै चालकलाई ईलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।