मानव अधिकार आयोगले राष्ट्रिय मानव अधिकार आयोगले सातवटै प्रदेशका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको छ ।
आयोगका अध्यक्ष तथा अन्य सदस्यको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन टोलीले सातवटै प्रदेशमा निर्वाचनपूर्वको अनुगमन गर्ने बताइएको हो ।
आयोगका सदस्यहरू डा. सूर्यप्रसाद ढुंगेल मधेस प्रदेशमा, मिहिर ठाकुर गण्डकी प्रदेश, मनोज दुवाडी सुदूरपश्चिम, लिलि थापा प्रदेश १ को अनुगमनमा खटिनेछन् ।
यस्तै, मतदानका दिन आयोगका अध्यक्ष तपबहादुर मगरसहित आयोगका पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय टोलीले अनुमगन गर्नेछ ।
आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्दै आइरहेको जनाएको छ । निर्वाचन मानव अधिकारमैत्री हुनुपर्छ भनेर विगतदेखि नै अनुगमन गर्दै आइरहेको छ । आयोगले वैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको जनाएको छ ।
निर्वाचनको अवधिमा ४७ वटा अनुगमन टोली परिचालन गरि सातवटै प्रदेशका ७७ वटा जिल्लाहरूका मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ ।