पछिल्लो समय लगातार घट्दै गइरहेको शेयर बजारमा आज बुधबार भारी गिरावट आएको छ ।
यसअघि कारोबार खुलेको दिन अर्थात् सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ ।
केही महिना अघि २७ सयको विन्दुमा रहेको नेप्से इन्डेक्स आज घटेर २२ सयको विन्दुमा झरेको हो ।
आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।