logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

शेयर बजारमा आज पनि भारी गिरावट


अंकुरण खबर
832
Shares

पछिल्लो समय लगातार घट्दै गइरहेको शेयर बजारमा आज बुधबार भारी गिरावट आएको छ ।

यसअघि कारोबार खुलेको दिन अर्थात् सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ ।

केही महिना अघि २७ सयको विन्दुमा रहेको नेप्से इन्डेक्स आज घटेर २२ सयको विन्दुमा झरेको हो ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।