नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् ।
हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ।