logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरबाट देउवाले भने- आन्तरिक असन्तुष्टि बिर्सेर पनि गठबन्धनलाई जिताउनुस्


अंकुरण खबर
1.157K
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक असन्तुष्टि बिर्सेर पनि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

मोरङको विराटनगरमा आज (बुधबार) आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनप्रति चित्त नबुझे पनि मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।

‘विराटनगर महान् नेताहरूको भूमि हो, त्यसकारण चित्त बुझे पनि नबुझे पनि गठबन्धनलाई जिताउनुहोला,’ देउवाले भने । उनले गठबन्धनमा आँच आउने गरी कुनै काम नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

राष्ट्रिय आवश्यकताअनुसार कांग्रेसको गठबन्धन बनेकाले धोका दिन नहुने उनको भनाइ छ । ‘राष्ट्रिय आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘कांग्रेसले बरु धोका खान्छ तर धोका दिँदैन भन्ने सन्देश दिनुस् ।’

देउवाले स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्मै गठबन्धनले जित्नुपर्नेमा पनि जोड दिए । देउवाले वृद्ध भत्ता ६५ वर्षमै दिने व्यवस्था गर्ने बताउँदै घातक रोग लागेकालाई ५ हजार निर्वाह भत्ता दिन थालिएको बताए ।