logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अदालतबाट २४ लाख ५९ हजार जरिवना ठहर भएका सुवाल पक्राउ


अंकुरण खबर
715
Shares

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २४ लाख ५९ हजार ८२२ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।