निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण माग गरेको छ।
आयोग हिजो भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।