logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा आज आयोजना हुने आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्ने


अंकुरण खबर
1.105K
Shares

चितवनको भरतपुरमा आज आयोजना हुने आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट मित्रसेन अधिकारी उम्मेदवार छन्।

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार साँझ भरतपुर पुगिसकेका छन्। त्यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भरतपुर पुगिसकेका छन्।

प्रधानमन्त्री देउवासँगै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका महामन्त्री गगन थापा, नेता डा। शेखर कोइराला लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।