logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु पुगे चितवन 


अंकुरण खबर
2.21K
Shares

पाँचदलीय सत्तारुढ गठबन्धनको चुनावी सभामा सहभागी हुन शीर्ष नेता चितवन पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चितवन बिहीबार बिहान चितवन पुगेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको केन्द्रीय बस ट्रमिनलमा हुने चुनावी सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त आमसभाको लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।